Aama Ghar

यूकेमा नेपालीहरू ठगिने घटना दोहोरिँदै, ‘स्पन्सर भिसा’को नाममा ठगी

Nepal UK

Nepal UK

Sat, 15 November 2025
यूकेमा नेपालीहरू ठगिने घटना दोहोरिँदै, ‘स्पन्सर भिसा’को नाममा ठगी

बेलायत -स्पन्सर भिसा लगाइदिन्छु’ भन्ने प्रलोभनमा पारेर केही नेपालीहरू ठगिएको अर्को घटना सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा पीडितमध्ये एक, बिष्णु भट्ट,  ले आफु ठगीमा परेको भन्दै  जानकारी दिएका छन्। साथै, नेपाल यूके डटकमसँगको कुराकानी क्रममा भट्टले भने, “सो व्यक्तिले झूटो काम देखाएर करिब दुई वर्षदेखि भिसा प्रोसेसको नाममा रकम असुलेको हो। एक वर्षदेखि पैसा फिर्ता गर्छु भन्दै टार्दै आएको छ, तर अहिले  सम्पर्कमै आएको छैन।”

ठगी गर्नेमा नेपालगन्ज घर भई हाल बर्मिङ्घममा बसोबास गर्ने एक व्यक्ति रहेको उनले बताए ।

विष्णुकाु अनुसार, ठगीमा उनी सहित  तीन जना नेपाली परेका थिए र तीन जनाले  कुल ८४ लाख रुपैयाँ बराबरको रकम ती व्यक्तिलाई बुझाएका थिए।

भट्टले   सबै प्रमाणहरू रहेकाे र रकम पठाएको रसीददेखि फेक बैंक स्टेटमेन्टसम्म संलग्न गरी अहिले कानूनी प्रक्रिया अघि बढाइरहेकाे समेत जानकारी  दिए ।

पीडितहरूले निजले फेक बैंक स्टेटमेन्ट र नक्कली कागजातहरू प्रयोग गरी रकम ठग्ने गरेको बताएका छन् । उनीहरूले यूकेमा कानूनी उजुरी दर्ता गर्ने तयारी गरिरहेको पनि जनाएका छन्।

पीडितहरूले उक्त ठगी घटनाबारे बेलायतमा रहेका अन्य नेपालीहरूलाई सचेत रहन र ठगको पहिचान तथा कारबाहीमा सहयोग गर्न पनि अपिल गरेका छन्।