Aama Ghar

युकेमा नेपाली युवाहरूको ट्रेडिङप्रति बढ्दो आकर्षण: कति उपयुक्त ?

Nepal UK

Nepal UK

Sun, 16 November 2025
युकेमा नेपाली युवाहरूको ट्रेडिङप्रति बढ्दो आकर्षण: कति उपयुक्त ?


बेलायत : पछिल्ला वर्षहरूमा बेलायतमा बसोबास गर्ने नेपाली युवाहरूबीच अनलाइन ट्रेडिङ—जस्तै Forex, Crypto, CFD र Stock Trading—प्रति आकस्मिक रूपमा चासो बढ्दै गएको छ। छिटो आम्दानी गर्ने आशा, सामाजिक सञ्जालको प्रभाव, साथीहरूको प्रयोग र आर्थिक दबाबका कारण धेरै युवाहरू यो क्षेत्रमा प्रवेश गरिरहेका छन्। तर ट्रेडिङ साँच्चै उनीहरूका लागि कति उपयुक्त छ भन्ने विषयमा सबैकाे ध्यान हुनुपर्छ ।  

 ट्रेडिङ युकेमा कानुनी रूपमा वैध — तर नियम कडा

युकेको वित्तीय प्रणाली संसारकै सबैभन्दा कडा नियमनमध्ये एक पर्छ। यहाँ वित्तीय गतिविधि FCA (Financial Conduct Authority) द्वारा नियमन गरिन्छ। FCA-regulated broker मार्फत ट्रेडिङ गर्नु पूर्णतया सुरक्षित मानिन्छ, किनकि:  ग्राहकको पैसा अलग खातामा राखिन्छ, पारदर्शिता आवश्यक हुन्छ, जोखिम चेतावनी अनिवार्य हुन्छ, अनियमित गतिविधि भेटिए कारबाही हुन्छ।

तर FCA मा दर्ता नभएका ब्रोकर तथा एपहरू प्रयोग गर्ने कार्य अत्यधिक जोखिमपूर्ण हुन्छ—र नेपाली युवाहरू धेरैजसो यहीँबाट ठगिँदै आएका छन्।
किन नेपाली युवा ट्रेडिङतर्फ आकर्षित?
 १. छिट्टै पैसा कमाउने मनसाय
 २. युकेकाे को खर्चिलो जीवनशैली
 ३. साथीसँगको सल्लाह
४. आर्थिक शिक्षा को कमी
 ट्रेडिङ कुनै निश्चित आम्दानी स्रोत होइन—गलत निर्णयले पूरै लगानी हराउन पनि सक्छ। यसैले सबैले साेचेर र बुझेर मात्र यसमा काराेबार गर्नुपर्छ । युके मा (leverage) सीमित भए पनि  धेरैले अनुभवबिना नै उच्च जोखिमका ट्रेड  गर्छन ।लोभ, डर र उतावलीपनले गर्दा धेरैले पैसा गुमाउँछन् । यसकाे लागि  FCA-regulated broker मात्र प्रयोग गर्नु उचित हुन्छ र