Aama Ghar

युकेमा डिजिटल ठगीप्रति सतर्कता :  पवित्रा तामाङको बैकिङ फ्रड अनुभवबाट नेपालले सिक्नु पर्ने पाठ

Nepal UK

Nepal UK

Mon, 17 November 2025
युकेमा डिजिटल ठगीप्रति सतर्कता :  पवित्रा तामाङको बैकिङ फ्रड अनुभवबाट नेपालले सिक्नु पर्ने पाठ

 

बेलायत – बेलायतलाई आज विश्वकै डिजिटल देश भनेर चिनिन्छ। यहाँका बैंकिङ प्रणालीदेखि सरकारी सेवा, दैनिक कारोबारसम्म सबै क्षेत्रमा डिजिटल सुरक्षा बलियो मानिन्छ। तर पछिल्लो वर्षहरूमा डिजिटल बैंक फ्रड उल्लेख्य रूपमा बढ्दै गएको छ। हालै लन्डनमा बस्दै आएकि पवित्रा तामाङले भोगेको घटना यसको एउटा पछिल्लो उदाहरण बनेको छ।

पवित्राको युके स्थित कुनै एक बैंकमा रहेको खाता केही दिनअघि अचानक ह्याक हुन खोजिएको संकेत देखिएको बैंकले जनाएको छ। बैंकका अनुसार, खाताबाट असामान्य रूपमा रकम अन्य खातामा सार्ने प्रयास गरिएको थियो।
कारणवश, रकम निकै ठूलो नभएकै कारण ट्रान्जेक्शन (अस्वीकृत) भयो र बैंकको सुरक्षा प्रणालीले तुरुन्तै त्यसलाई रोकिदियो।

घटना देखिएसँगै बैंकले पवित्रालाई तुरुन्तै फोनमार्फत सम्पर्क गरी इनक्वायरी प्रक्रिया सुरु गर्‍यो।
बैंकका सुरक्षाकर्मीहरूले उनलाई सावधानी अपनाउन आग्रह गर्दै केही दिनभित्र नयाँ कार्ड पठाइने जानकारी दिएका थिए। छ,सात लिन लाग्छ कार्ड र नया खाताकाे विवरण भनिएकाेमा बैकंले तोकेको समयभन्दा पनि छिटो, मात्र दुई दिनभित्र उनका सबै नयाँ बैंक कार्डहरू घरमै डेलिभर गरिसकेको थियो।
बैंकले पुराना कार्डहरू तुरुन्तै ब्लक गर्दै अनधिकृत हस्तान्तरण रोकिएको पुष्टि पनि गर्‍यो।

पवित्रा तामाङले भनिन् यसमा भन्छिन“युके डिजिटल क्षेत्रमा धेरै अगाडि छ भन्ने सुनेको थिएँ, तर बैंकले यस्तो छिटो कारबाही गरिदिँदा वास्तविक रूपमा सुरक्षित महसुस भयो। घटना डर लाग्दो थियो तर समयमै रोकिएकोमा खुसी छु।"

डिजिटल फ्रड गर्ने समूहहरू अत्यन्तै सक्रिय भएकोले अनलाइन बैंकिङ, OTP, र कार्ड विवरण जोगाउन सबैले सजग रहनु आवश्यक छभन्ने सन्देश पनि बेलाबेला दिईरह्नछ । 

सायद पवित्राको यो अनुभव, युकेमा बस्ने अन्य नेपालीहरूका लागि पनि महत्वपूर्ण सावधानी चेतावनी बन्न सक्छ। र नेपालमा डिजिटल माध्यममा काम भैरहेकाे हुन्छ तर अझै पनि बैकमा लाइन बस्न जानु पर्ने विडम्बना छ । यसैले नेपालमा पनि सबै प्रणालीमा सुरक्षाकाे लागि राम्राे माध्यम भित्र्याउन आबश्यक रहेकाे उनकाे भनाई छ ।