Aama Ghar

युके पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ

Nepal UK

Nepal UK

Mon, 05 January 2026
युके पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानका इन्द्र बहादुर केसी र धादिङका आईते तामाङ रहेका छन्। 
 
उनीहरूले युके पठाइदिन्छु भन्दै ७ जना १३ लाख ठगी गरेको प्रहरीले बताएको छ। उनीहरुलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।