Aama Ghar

युके पठाइदिन्छु भन्दै ४ करोड ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

Nepal UK

Nepal UK

Sun, 14 December 2025
युके पठाइदिन्छु भन्दै  ४ करोड ३९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने काठमाडौं महानगरपालिका– २७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका– ९ बस्ने दोलखा मेलुङ गाउँपालिका– ७ घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन्।

उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा मेचीनगर नगरपालिका– १० धुलाबारीबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।