Aama Ghar

विद्यार्थीहरूका लागि खुला विश्वविद्यालय अझ सशक्त माध्यम बन्नुपर्छ : प्रधानमन्त्री

Nepal UK

Nepal UK

Sun, 25 January 2026
विद्यार्थीहरूका लागि खुला विश्वविद्यालय अझ सशक्त माध्यम बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयले उच्च शिक्षामा पहुँच विस्तार गर्दै गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार सम्पन्न नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खुला तथा दूर सिकाइमार्फत देशभित्र र विदेशमा रहेका विद्यार्थीहरूलाई सर्वसुलभ उच्च शिक्षाको पहुँच पु¥याउने विश्वविद्यालयको प्रयास प्रशंसनीय रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले छोटो समयमा नै विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, नवप्रवर्तनशील तथा उद्यमशीलताउन्मुख जनशक्ति उत्पादनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन् ।
उनले भौतिक रूपमा कक्षामा उपस्थित हुन नसक्ने दूरदराजका तथा पेशागत रूपमा व्यस्त विद्यार्थीहरूका लागि खुला विश्वविद्यालय अझ सशक्त माध्यम बन्नुपर्नेमा जोड दिइन् ।

युवाहरूको बदलिँदो अपेक्षालाई ध्यानमा राख्दै प्रतिभा पलायन रोक्नु र ज्ञान–सीपलाई राष्ट्रनिर्माणमा प्रयोग गर्नु उच्च शिक्षाका संस्थाहरूका लागि ठूलो चुनौती रहेको बताइन् ।

दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप व्यक्तिगत विकाससँगै राष्ट्रनिर्माणमा सदुपयोग गर्न आग्रह गरिन् । दीक्षान्त समारोहमा तीनवटा संकायका ५४५ विद्यार्थी दीक्षित भएका थिए भने उत्कृष्ट विद्यार्थीलाई पदकसमेत प्रदान गरिएको थियो ।