Aama Ghar

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३२ लाख ठगी गर्ने तीन जना पक्राउ

Nepal UK

Nepal UK

Fri, 26 December 2025
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३२ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरिका ३७ वर्षीय ममता श्रेष्ठ, काभ्रेपलाञ्चोकको पाँचखालका ३० वर्षीय सरोज पोख्रेल र दोलखाको भिमेश्वरका ४९ डम्बर बहादुर तामाङ रहेका छन्। 

पक्राउ पर्ने मध्येमा श्रेष्ठले २ जनालाई क्यानडा पठाइदिन्छु भन्दै २३ लाख,  पोख्रेलले १ जनालाई युएइ पठाइदिन्छु भन्दै ३ लाख ६४ हजार र तामाङले ६ जनालाई रोमानिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको प्रहरीले बताएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।