Aama Ghar

त्रिवि क्रिकेट मैदानको प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सञ्चालनकालागि नेपाल क्रिकेट संघलाई हस्तान्तरण

Nepal UK

Nepal UK

Sun, 16 November 2025
त्रिवि क्रिकेट मैदानको प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सञ्चालनकालागि नेपाल क्रिकेट संघलाई हस्तान्तरण

photo credit : Nepal News bank

 

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको पहिलो चरणको निर्माण सम्पन्न गर्दै प्यारापिट र फ्लडलाइट नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ। सहरी विकास मन्त्रालयको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् यी संरचनाहरू क्यानलाई जिम्मा लगाएको हो।

आइतबार साँझ सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले फ्लडलाइटको स्विच अन गरेर औपचारिक रूपमा हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै मन्त्री घिसिङले त्रिवि रंगशाला नेपालकै सबैभन्दा छिटो सम्पन्न हुने परियोजनाको उदाहरण बनेको बताए। उनले दोस्रो चरणको स्तरोन्नतिका लागि १० अर्बको गुरुयोजना स्वीकृत भइसकेको र ठेक्का प्रक्रिया अघि बढ्ने जानकारी दिए।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले यो हस्तान्तरणले नेपाली क्रिकेटप्रेमीहरूको घरमै अन्तर्राष्ट्रिय स्तरको खेल हेर्ने सपना साकार हुने सुरुआत भएको उल्लेख गरे। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि नै यी संरचना तयार भएको हो।

देशमै पहिलो पटक ६ वटा फ्लडलाइट र आधुनिक प्यारापिटसहित पुनर्निर्मित त्रिवि मैदान २०५५ सालदेखि अन्तर्राष्ट्रिय रंगशालाका रूपमा विकास हुँदै आएको छ। क्रिकेटप्रतिको लोकप्रियता बढेसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ मङ्सिरमा मन्त्रिपरिषद्को पहिलो निर्णय नै यसको स्तरोन्नतिका लागि गरेको थियो।

यो परियोजनाले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ।