Aama Ghar

ट्रम्प प्रशासनले गर्यो ८५ हजार भिसा रद्द

Nepal UK

Nepal UK

Fri, 12 December 2025
ट्रम्प प्रशासनले गर्यो ८५ हजार भिसा रद्द

काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले यस वर्ष ८५ हजार भिसा रद्द गरेको छ। यो कारबाही आप्रवासन प्रवर्तनलाई बलियो बनाउने र राष्ट्रिय सुरक्षा जाँच सुधार गर्ने प्रयासको एक हिस्सा भएको बताइएको छ।

रद्द गरिएका भिसामा ८ हजारभन्दा बढी विद्यार्थी भिसा समावेश छन्। जुन गत वर्षको भन्दा दोब्बर हो। जनवरीमा राष्ट्रपति बनेदेखि ट्रम्पले आप्रवासन मुद्दामा निरन्तर कडा अडान लिएका छन्। 

अमेरिकी विदेश विभागले मंगलबार लेखेको छ, ‘जनवरीदेखि ८५ हजार भिसा रद्द गरिएका छन्। राष्ट्रपति ट्रम्प र सचिव रुबियोले एउटा साधारण आदेश पालना गरिरहेका छन् र तिनीहरु चाँडै रोकिने छैनन्।’

पोस्टमा ट्रम्पको फोटो र ‘अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस्’ भन्ने नारा लेखिएको छ। यो कदम अमेरिकालाई सुरक्षित बनाउनका लागि लिइएको विभागले स्पष्ट पारेको छ।