Nepal UK
काठमाडौं – त्रिभुवन विश्व विद्यालयको ४५ हजार होलोग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीका बाबुराम राना रहेका छन्।
प्रहरीलाई रानामाथि शंका लागि चेकजाँच गर्दा उनको साथबाट त्रिभुवन विश्व विद्यालय काठमाडौं, नेपाल सङ्गठित वि.स.२०१२, स्थापित वि.स.२०१६ लेखेको त्रिभुवन विश्व विद्यालयको ४५ हजार थान होलोग्राम फेला परेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।