Aama Ghar

शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरमा नयाँ नेतृत्व

Nepal UK

Nepal UK

Tue, 16 December 2025
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरमा नयाँ नेतृत्व


अल्डरसट । शिव कल्चरल एन्ड कम्युनिटी  सेन्टरको अध्यक्षमा हरि भट्टराई चयन भएका छन् । गत आइतबार ( १४ डिसेम्बर) का दिन शिव मन्दिरमा सम्पन्न साधारणसभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा सुष्मा गुरुङ, महासचिव निरज शर्मा, सहसचिव निरज तिवारी, कोषाध्यक्ष किशोर गुरुङ र सहकोषाध्यक्ष शर्मिला गुरुङ रहेका छन् ।

यसैगरी, सदस्यमा राधा शर्मा, अनिता कुमारी गुरुङ, चन्द्र सुन्दास, रुपेश कुमार काफ्ले, सपन प्रधान, सुनिल तिमिल्सिना, युवराज खत्री, प्रणव गौतम, सौरभ रावत, रुपेश बस्ताकोटी, अमिता बेल्बासे, नारायण गिरी, पवन प्रसाद दाहाल चयन भएका छन् ।

निर्वाचन समितिमा एकेन्द्र गुरुङ प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त प्रमीला लाबुङ राई र अमर मल्ल रहेका थिए ।  

संस्थाका निवर्तमान अध्यक्ष बिक्रम भट्टराईले नव निर्वाचित कमिटीलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए।  उनले निर्वाचन समिति लगायत केन्द्रलाई सहयोग गर्दै आएका सबै सहयोगदाता तथा स्वयम्सेवकहरुलाई पनि धन्यवाद दिए।