Aama Ghar

श्रीलङ्कामा सन् २०२५ सबैभन्दा धेरै विदेशी पर्यटक आगमन

Nepal UK

Nepal UK

Tue, 06 January 2026
श्रीलङ्कामा सन् २०२५ सबैभन्दा धेरै विदेशी पर्यटक आगमन

श्रीलङ्का – सन् २०२५ मा श्रीलङ्कामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन रेकर्ड गरेको जनाइएको छ। श्रीलङ्कामा आएको चक्रवात दितवाहले गर्दा आएको अवरोधका बावजुद पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलङ्काका विदेश मन्त्री विजिता हेराथले पत्रकारहरु सँगको साक्षतकारमा बताएका छन्।

परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले श्रीलङ्काले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलङ्का भ्रमण गरेको बताएका छन् जुन एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो।

पर्यटन राजस्व मात्र सन् २०२५ तीन अरब २० करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै देशको विदेशी मुद्रा को दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसाय भएको उनले पुष्टि गरेका छन्।

नोभेम्बरको अन्त्यमा श्रीलङ्कमा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउदै उनले मन्त्रीले नीतिगत समर्थन उपाय र प्रवद्र्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको बताए।

श्रीलङ्काले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी ह। चक्रवात पछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि समग्र वृद्धिको अनुमानलाई २.९ प्रतिशतमा संशोधन गरेको कारण पर्यटन वृद्धिले आर्थिक सुधार प्रयासमा योगदान गर्ने श्रीलङ्काली अधिकारीहरूले अपेक्षा गरेका छन्।