Aama Ghar

स्रोत नखुलेको चार लाखसहित एक जना प्रहरीको फन्दामा

Nepal UK

Nepal UK

Tue, 06 January 2026
स्रोत नखुलेको चार लाखसहित एक जना प्रहरीको फन्दामा

काठमाडौं – स्रोत नखुलेको चार लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– १० बस्ने  ३९ वर्षीय उमेश साह रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमा जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा हेल्मेट र शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको स्रोत नखुलेको चार लाख फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको हेल्मेट र शरीरको विभिन्न भागबाट नेपाली नगद  १ हजार दरका ३० थान,  ५ सय दरका ५३६ थान, १ सय दरका १ हजार १९ थान र ५० दरको १ थान गरी जम्मा नेपाली तीन लाख ४९ हजार ९ सय पचास रुपैयाँ  फेला परेको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।