Aama Ghar

सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर छः गभर्नर पौडेल

Nepal UK

Nepal UK

Thu, 18 December 2025
सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर छः गभर्नर पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेकाे बताएका छन्। अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ लाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन्।

उनले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैं तत्पर रहेकामा जोड दिए।

गभर्नर डा. पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरे।

साथै, उनले गोरखापत्रले गरिरहेको कामले ज्ञानको दायरा बढाउने बताउँदै पुराना पत्रिका अध्यायन अनुसन्धानका लागि अर्थविद्हरू प्रभावकारी हुने धारणा राखे।