Aama Ghar

सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात

Nepal UK

Nepal UK

Sun, 28 December 2025
सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना महिना कात्तिकसम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हाे।

२०८२ कात्तिक मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २ अर्ब ९७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेकाे केन्द्रीय बैंकले उल्लेख गरेकाे छ।२०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो।