Aama Ghar

‘सरकार जनअपेक्षामा असफल’ भन्दै जेनजी मिराज ढुङ्गाना समूह सडकमा उत्रिने

Nepal UK

Nepal UK

Sun, 21 December 2025
‘सरकार जनअपेक्षामा असफल’ भन्दै जेनजी मिराज ढुङ्गाना समूह सडकमा उत्रिने

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको हो ।

समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको पहिलो कार्यक्रमका रूपमा सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आम नागरिकलाई आह्वान गरे । उनका अनुसार यो आन्दोलन कुनै दल विशेषविरुद्ध नभई वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्ने उद्देश्यले सुरु गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनप्रति राज्य र राजनीतिक नेतृत्वबाट विश्वासघात भएको आरोप लगाए । उनले वर्तमान सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको दाबी गर्दै अब सर्वपक्षीय सरकार नै आवश्यक रहेको बताए । साथै सुशीला कार्की नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको र व्यवहारतः असफल भइसकेको उनको भनाइ थियो ।