Aama Ghar

सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?

Nepal UK

Nepal UK

Tue, 30 December 2025
सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५९० रुपैयाँ पुगेको छ ।