Aama Ghar

सुनचाँदी पसलमा गोली प्रहार गरेर लुटपाट गर्ने पक्राउ

Nepal UK

Nepal UK

Sun, 21 December 2025
सुनचाँदी पसलमा गोली प्रहार गरेर लुटपाट गर्ने पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागार दाङबाट भागेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ काभ्रेका ३३ वर्षीय लेखराज केसी रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोली उनलाई दाङको राजपुर गाउँपालिका–१ स्थित मारुनी खोला जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो। 

प्रहरीका अनुसार  लमही नगरपालिका–५ स्थित जुनतारा सुनचाँदी पसलमा सुन किन्न आएको भनी रा १ प २६४९ नम्बरको मोटरसाइकलमा आएका उनले पसलमा काम गर्ने व्यक्तिलाई पेस्तोलबाट गोली प्रहार गरी मोटरसाइकल छाडी फरार भएका थिए।

घटनापछि खोजतलासका क्रममा गत मंसिर २७मा  लमहीस्थित रोयल प्यालेस होटलबाट घटनामा प्रयोग भएको पेस्तोल फेला परेको थियो। फरार अभियुक्तको खोजी तीव्र बनाउँदै गएको प्रहरीले अन्ततः जंगलमा लुकेको अवस्थामा केसीलाई पक्राउ गर्न सफल भएको हो। उनलाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।