Aama Ghar

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्तः विश्व बैंक

Nepal UK

Nepal UK

Thu, 11 December 2025
सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्तः विश्व बैंक

कम्बोडिया – सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैंककाे आर्थिक प्रतिवेदनले जनाएको छ । कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले गरेको थियो जुन सन् २०२४ मा ६ प्रतिशत थियो ।

सम्पत्ति बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको तथा सीमा तनावले श्रम बजार र पर्यटनलाई अवरुद्ध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत अगस्ट –१ मा, संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात गरिएका सबै सामानहरूमा १९ प्रतिशत शुल्क लगाएको थियो । व्यापार वातावरण सुधार गरी अनौपचारिक उद्यमहरूलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको  प्रतिवेदनका अनुसार कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डारको अवस्था सामान्य छ भने लगभग ७.५ महिनाको आयातलाई समेटेको छ