Aama Ghar

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

Nepal UK

Nepal UK

Sun, 07 December 2025
राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’ (एआई मार्गदर्शन) सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले एआई मार्गदर्शनको मस्यौदा तयार पारी सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले मार्गदर्शन उपर केही सुझाव भए पुस १५ भित्र पेश गर्न सम्बन्धित पक्षलाई आह्रवान गरेको छ। सुझाव nrbbfirdppd@nrb.org.np मा इमेल गरी दिन सकिने केन्द्रीय बैंकले जनाएकाे छ।

केन्द्रीय बैंकले तथा वित्तीय संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग एआई सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान गरी त्यसलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न मार्गदर्शन जारी गरेको हो।

यो मार्गदर्शनको मुख्य उद्देश्य राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको नियमनलाई चुस्तदुरुस्त पार्नु रहेको केन्द्रीय बैंकले जनाएकाे छ। मार्गदर्शन राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा लागू हुनेछन्।