Aama Ghar

रश्मुरमा नेपाली समुदायका लागि सामाजिक स्वास्थ्य मेला आयोजना गरिंदै

Nepal UK

Nepal UK

Sun, 21 December 2025
रश्मुरमा नेपाली समुदायका लागि सामाजिक स्वास्थ्य मेला आयोजना गरिंदै

अल्डरशट -  बेलायतको रश्मुर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै सामाजिक स्वास्थ्य मेला आयोजना गर्न लागिएको छ।

ब्रिटेन को राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)  तथा प्रोजेक्ट टुगेदरको सहकार्यमा आयोजना हुने उक्त मेला सोमबार, २२ डिसेम्बर २०२४ का दिन दिउँसो १२:३० देखि ३:३० बजेसम्म सञ्चालन हुनेछ।

स्वास्थ्य मेला सेन्ट मार्क्स चर्च हल, नर्थ क्याम्प, फार्नबोरो (GU14 6QD) मा आयोजना गरिने छ।

आयोजकका अनुसार मेलामा विशेषगरी ६५ वर्षभन्दा माथिका व्यक्तिहरू, ६५ वर्षमुनिका तर जोखिम समूहमा रहेका व्यक्तिहरू तथा गर्भवती महिलाहरूका लागि फ्लु र कोभिड–१९ खोप  उपलब्ध गराइने छ।

मेलामा खोप सेवासँगै निःशुल्क रक्तचाप, बीएमआइ, ब्लड  सुगरको जाँच गर्नुका साथै  स्थानीय सामुदायिक संस्थाहरूका स्टलहरू तथा स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष परामर्श सेवा (दोभाषे सहित) पनि उपलब्ध हुने जनाइएको छ।

आयोजकले सहभागी हुन आउनेहरूले जन्म मिति, जीपी (डाक्टर) को नाम र औषधिको सूची साथमा ल्याउन अनुरोध गरेका छन्। नेपाली समुदायको स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको यस मेलामा अधिकतम सहभागिताका लागि पनि आयोजकले आग्रह गरेका छन्।

थप जानकारीका लागि info@projecttogether.org.uk मा सम्पर्क गर्न सकिने छ।