पशुपतिनाथदर्शनमाश्रावणमहिनाभर विशेष व्यवस्था, यस्तो छ तयारी

प्रमिला कार्की

प्रमिला कार्की

Thu, 17 July 2025

काठमाडौं । सनातनधर्मावलम्बीहरुकालागिश्रावणधार्मिक कार्यहरू गर्नका लागिउत्तममहिनामानिन्छ । हरिशयनीएकादशीदेखि सुरु भई हरिबोधिनीएकादशीमा समाप्तहुने चतुर्मासको पहिलो महिना र शिवउपसनामहिनाभएकालेश्रावणको विशेष महत्व रहेको पाइन्छ ।
श्रावणमहिनादेशभरका शिवालयहरुमाभक्तजनहरुको भीडलाग्ने गर्दछ । यसै सिलसिलामाविश्वका सनातनीहरुको आस्थाको केन्द्र पशुपतिनाथमन्दिरमा विशेष तयारी भइरहेको छ । 
श्रावणमहिनाभरि शुद्धआहार गर्ने र सोमबार शिवजीको उपासनाएवं व्रत गर्ने परम्परा रहेकाले यो महिनाभर पशुपतिनाथमन्दिरमा भीडलाग्ने गर्दछ । श्रावणभर पाशुपतक्षेत्रमादर्शन गर्न आउने बाहेक यज्ञ, मेला, महोत्सव समेत हुने भएकाले पशुपतिविकास कोषले विशेष तयारी गरिरहेको छ । 
विशेषगरी श्रावणमहिनाको हरेकसोमबार (साउन ५, १२, १९ र २६) को दिनभक्तजनको अत्यधिकभीडलाग्ने भएकालेविकास कोषलेस्वयंसेवक परिचालन, सुरक्षाव्यवस्था, पार्किङ व्यवस्थापन, दर्शनकालागिलाइनव्यवस्थापनलगायतकातयारीहरू सम्पन्नगरिसकेको कोषकाकार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए । 
‘नेपालप्रहरी, नेपाली सेना, सशस्त्रप्रहरी, पर्यटक प्रहरी, स्वयंसेवकर स्थानीय संघ–संस्थाहरूसँग समन्वयगर्नेगरि बैठक सम्पन्नभइसकेको छ । हाम्रो व्यवस्थापनले पनिआफ्नो तर्फबाट गर्ने कार्यहरु सयुक्त रुपमाकुनकुनपक्षले के के गर्ने भनेर आ–आफ्नो भूमिकाप्रभावकारी बनाउने प्रयासमाछौं । सबैसँग तयारीबारे छलफल गरेका छौं । पशुपतिनाथको दर्शनलाई सहजबनाउनेगरी कामभइरहेको छ,’ नेपालन्यूज बैंकसँगको कुराकानीमा जोशीले भने ।
दर्शनकालागिआएकाभक्तजनहरुका सवारी साधनपार्किङका लागिबनकाली, उमाकुण्ड र भण्डारखालतर्फ व्यवस्थामिलाइएको छ भने परिषद्भित्रको पार्किङ पनि सञ्चालनमाल्याइनेकार्यकारी निर्देशक जोशीले बताए।
दर्शनलाई सहजबनाउनलाइन र जुत्ता–चप्पलव्यवस्थापनमा स्थानीयक्लबहरूको सहकार्यमा कामभइरहेको समेत उनले जानकारी दिए ।
यसैगरी  कोषले शारीरिक रुपमाअशक्त, वृद्धवृद्धा, महिलालगायत सबै भक्तजनलाई सहयोग पुगोस् भनेरसाउनको सोमबार बिहान ४ बजेदेखि ९ बजेसम्म रिङरोड परिक्रमा गर्ने दुई रुटमानिःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।
एउटा रुट गौशालाबाट एयरपोर्ट हुँदै कोटेश्वर जाने र अर्को रुट गौशालाबाटचावहील, महाराजगञ्जहुँदै पुनः रिङरोडमाफर्किने समेत उनले बताए ।
उनले भने, ‘यो वर्ष ५, १२,१९ र २६ गते पर्ने श्रावणको सोमबारमा चक्रपथ क्षेत्रमानिःशुल्क बस सेवा सञ्चालनगर्दैछौं । विशेष गरेर वृद्धावृद्धहरु, भिन्नक्षमताभएकाभक्तजनहरु, महिलाहरु एवमसबैकालागि रिङ्रोड राउण्डमाबिहान ४ बजेदेखि ९ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने योजनाबनाएकाछौं ।’
यसैगरी सञ्चारमाध्यमबाट सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउनयसपटक स्थायीमिडिया सेन्टरको पनि स्थापना गरिने कोषकाकार्यकारी निर्देशक जोशीले बताए। उक्तकेन्द्रबाटपत्रकारहरूले प्रत्यक्षजानकारी लिन सक्नेछन् ।
श्रावणीमेलामाभारतीयतीर्थयात्रीको उल्लेख्य आगमनहुने भएकाले भेटीव्यवस्थापन र धार्मिक कार्यक्रमको अनुमतिप्रक्रियामापनि कोषले विशेष ध्यानदिएको छ। यस्ताकार्यक्रमहरूबाट कोषलाई आर्थिक आम्दानीहुने भएपनि, यसको मुख्यउद्देश्य धार्मिक र सांस्कृतिकमूल्यमान्यताकायम राख्नु रहेको जोशीले बताए।
उनले भने, ‘भेटीपनि सम्भवतबढ्न सक्छ ।किनभने भारतीयतिर्थ यात्रुहरुको पनिएकदमै ठूलो आवगमनहुने देखिएको छ । पशुपतिक्षेत्रभित्रहामीले धार्मिक र सांस्कृतिकविषेश गरेर धार्मिक कार्यक्रम गर्नको लागिअनुमतिदिने गरेका छौँ र त्यसको निश्चितशूल्कहरु लिन्छौँ । त्यसबाट कोषलाई हुने आर्थिक आर्जन त देखिने हिसाबले भयो तर त्यसको सनातनीधार्मिक महत्व फरक रहनेछ ।’
पशुपतिनाथमन्दिरमा श्रावणमहिनामाहुने श्रावणीमेलालाई केवलधार्मिक उत्सवको रूपमामात्रनभई, सांस्कृतिकएवं पर्यटनप्रवद्र्धनको अवसरको रूपमालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कार्यकारी निर्देशक जोशीकाअनुसार, ‘दर्शनार्थीजुनउद्देश्यले आएपनिउनीहरूपशुपतिनाथ क्षेत्रमाआइपुग्छन । त्यो नै मन्दिरको प्रतिष्ठा र मानबढ्ने एउटामहत्वपूर्ण पक्षहो । 
श्रावणीमेलाको व्यवस्थापनमा कोषले स्थानीयक्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षानिकायसँगको सहकार्यलाई विशेष प्राथमिकतादिएको छ। जोशीले नेपाली सेना, नेपालप्रहरी, सशस्त्रप्रहरीलगायत सबै सुरक्षासंस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए ।
यस वर्ष कोषकाप्रशासनिकजिम्मेवारी सम्हाल्ने कर्मचारीहरू श्रावणमहिनाभर साउनको सोमबार, शनिबार तथानागपञ्चमीजस्तापर्वहरूमाफिल्डमै खटिनेछन् । ‘हामीकहाँफिल्डमाकाम सुरु भइसकेको छ, केवलनिर्देशनहोइन, सहभागितामूलकव्यवस्थापनमाहामीविश्वास गर्छौं,’ जोशीले भने ।यसपटक कोषले परिषद्का सदस्यहरूलाई अभिभावकीयभूमिकामा प्रस्तुतहुनआह्वान गरेको छ।