Aama Ghar

पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जना प्रहरीको फन्दामा

Nepal UK

Nepal UK

Tue, 30 December 2025
पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जना प्रहरीको फन्दामा

काठमाडौं – काठमाडौंको चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा पर्यटक तथा अन्य सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा  नुवाकोटका अमृत खड्का, पर्साका अकलेश साह, पर्साका दिनेश पटेल, काभ्रेपलान्चोकका सुजन तामाङ, रोल्पाका प्रविन ओली,काभ्रेपलान्चोकका रोजन तामाङ, कञ्चनपुरका सिंह विक, धनकुटाका रोशनी राई,  झापाका तिर्थ राजवंशी, उदयपुरका रचना मगर, सुर्खेतका जेनिसा थापा, झापाका संगिता तामाङ रहेका छन्।

उनीहरूले पर्यटक तथा अन्य सर्वसाधारणलाई बलजफती ढङ्गमा विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको प्रहरीले जनाएको छ। 

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई  नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।