Aama Ghar

प्रतिकूल बकपत्रकै कारण सरकारी साक्षीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

Nepal UK

Nepal UK

Wed, 21 January 2026
प्रतिकूल बकपत्रकै कारण सरकारी साक्षीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले प्रतिकूल बकपत्र गरेको आरोपमा एक सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र दिएको अभियोगमा महोत्तरीको बर्दिबास नगरपालिका–६ निवासी जिवराज पोखरेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी प्रतिवादी रहेको मुद्दामा सरकारी साक्षीका रूपमा उपस्थित पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयानभन्दा फरक अभिव्यक्ति दिएका थिए। उक्त कार्यले मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रियामा असर पारेको ठहर गर्दै आयोगले कारबाही अघि बढाएको हो।

आयोगले पोखरेलविरुद्ध २७ लाख २३ हजार रुपैयाँ बिगो कायम गर्दै सो बराबरको जरिवाना तथा कैद सजायसमेत मागदाबी गरेको छ।