Aama Ghar

प्रहरीमा मुद्दा मिलाइदिन्छु भन्दै १० हजार घुस लिने २ जना प्रहरीको फन्दामा

Nepal UK

Nepal UK

Mon, 15 December 2025
प्रहरीमा मुद्दा मिलाइदिन्छु भन्दै १० हजार घुस लिने २ जना प्रहरीको फन्दामा

काठमाडौं – प्रहरीमा मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बुद्ध भूमी नगरपालिका– १० बिजगौली बस्ने ५० वर्षीय अयोध्यालाल श्रीवास्तव र २२ वर्षीय भगत भन्ने मोहन रैदास रहेका छन्। 

उनीहरूले झैझगडा, कुटपिट तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन देखाई ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूले हाम्रो प्रहरी, प्रशासन तथा ठुलठुला मानिसहरूसँग राम्रो चिनजान छ तिमीहरूको मुद्दा दर्ता गर्न दिँदैनौ र त्यो मुद्दा मिलाई दिन्छु भन्दै ठगी गरेका थिए। 

कपिलवस्तु नगरपालिका– २ सरिमा हस्पिटल अगाडी रहेको पान पसल नजिकबाट जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासत कक्षमा रहेको प्रलाहद केवटको श्रीमती मिना केवटसँग  १०  हजार लिएर ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई ई नियन्त्रणमा लिई  ठगी, आपराधिक तथा आपराधिक लाभ (एक्सटर्सन) कसुर शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।