Aama Ghar

पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन

Nepal UK

Nepal UK

Tue, 23 December 2025
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन

काठमाडौं । पछिल्लो पाँच महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएका छन् । गत आवको सोहि अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।
पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।