Aama Ghar

ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप– ‘आतङ्कवाद लुकाउन देश जलाउएको हो’

Nepal UK

Nepal UK

Sun, 25 January 2026
ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप– ‘आतङ्कवाद लुकाउन देश जलाउएको हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्।

बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने होरुरु। त्यसपछि अरू कुरा गरौँला।’

उनले थपे, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

बालेनको यो प्रतिक्रिया केपी ओलीको पब्लिक डिबेट प्रस्ताव र चुनावी बहसको अवसरमा आएको हो, जसले सामाजिक सञ्जाल तताएको छ ।