Aama Ghar

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

Nepal UK

Nepal UK

Wed, 24 December 2025
निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो ।

अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य भएको भन्दै मन्त्रालय दुःख व्यक्त गरेको छ । ‘आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन यस मन्त्रालयबाट एम्बुलेन्स सेवा निर्देशिका, २०८२ जारी गरिएको छ । उक्त निर्देशिकाअनुसार सम्पूर्ण एम्बुलेन्स सेवाहरू प्रेषण केन्द्रमा आवद्ध भई सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

‘हाल उक्त निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सहरूले आर्थिक प्रलोभनमा परी बिरामीको इच्छा वा अस्पतालको प्रेषण व प्रेषण केन्द्रको निर्देशन बिना निजी तथा महँगा अस्पतालहरूमा लैजाने गरेको भन्ने गुनासाहरु यस मन्त्रालयमा प्राप्त भएका छन् । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो ।’

कसैले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ बमोजिमका प्रावधानहरू पालना नगरि आर्थिक लाभ लगायतका अन्य मापदण्ड विपरित कार्य गरेको पाइएमा कानुन वमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।


Photos (2)