Nepal UK
काठमाडौं – साताको पहिलो दास्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.७३ अंकले बढेर बजार २६ सय ३९ दशमलव ३७ को बिन्दुमा बन्द भएको हो।
आज दिनभरमा ३३५ कम्पनीको कारोबार हुँदा कुल ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । त्यससँगै, १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ। आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घट्दा ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज ३८ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको २० करोड ९१ लाख रुपैयाँको कारोबार गरेको भएको छ।
आज सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी ५ कम्पनीका लगानीकर्ताले आज १०/१० प्रतिशतका दरले कमाएका हुन्।