Nepal UK
काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १९.९२ अंकको गिरावट देखिएसँगै बजार २६ सयबाट घटेर २५ सय ९५ दशमलव १० को बिन्दुमा बन्द भएको हो।
आज ३४५ कम्पनीले ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार गर्दा १ करोड १२ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेसँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।