Aama Ghar

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी

Nepal UK

Nepal UK

Thu, 11 December 2025
नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी

काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २.७० अकंले घटेर २६ सय ६ दशमलव ३३ को बिन्दुमा कायम भएको छ। आज ३२५ कम्पनीको ७७ लाख २९ हजार ४८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ।