Nepal UK
काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३.०२ अकंले घटेर २६ सय ६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ। आज ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेसँगै १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५५ करोड ८६ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यससँगै आज सबैभन्दा बढी अप्पर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्।