NU
दूतावासले भनेको छ, ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ।’ दूतावासको यो भनाइ खासगरी ठूलो धनराशि खर्च गरेर जोखिमपूर्ण "तल्लो बाटो" (डङ्की रुट) हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरेको बुझिन्छ।
पछिल्लो समय अमेरिकी सीमामा आप्रवासन नीतिहरूमा कडाई र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएयता गैरकानुनी आप्रवासीहरूका लागि स्थिति निकै जटिल बनेको छ। यो अवधिमा दर्जनौँ नेपाली नागरिकहरू अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। यसअघि पनि अमेरिकी दूतावासले यस्ता गैरकानुनी गतिविधिहरू रोक्न बारम्बार सूचना जारी गर्दै आएको छ।
नेपालमा अवसरको कमीका कारण धेरै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रयासमा लाखौँ रुपैयाँ खर्च गर्दै आएको पाइएको छ। यस सन्दर्भमा, अमेरिकी दूतावासले नेपालीहरूलाई स्वदेशमै अवसर खोज्न र सुरक्षित भविष्य निर्माण गर्न प्रोत्साहन गर्दै आएको छ। नेपालको विकासका लागि अमेरिका लामो समयदेखि एक प्रमुख सहयोगी मुलुकको रूपमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।
स्वदेशमै अवसर सिर्जना गर्ने यो साझेदारीले नेपाली युवाहरूका लागि नयाँ क्षितिज खोल्ने अपेक्षा गरिएको छ।