Nepal UK
काठमाडौं । अब नेपाली व्यक्ति, फर्म वा कम्पनीले विदेशमा अमेरिकी डलर २० हजार सम्म लगानी गर्न पाउने भएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन गर्दै नेपालीहरूका लागि विदेशमा लगानी गर्ने बाटो सहज बनाइदिएको छ।
केन्द्रीय बैंकले मङ्गलवार संशोधित विनियमावली लागू गर्न सूचना जारी गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो। विनियमावलीको नयाँ थपिएको बुँदा ९४क० मा अमेरिकी डलर २० हजारसम्मको लगानीका लागि यसअघिका कडा व्यवस्थाहरूले बाधा पुर्याएको नमानिने उल्लेख छ।
यस संशोधनले विदेशी लगानी भित्र्याउने प्रक्रियालाई पनि सरल बनाएको छ। अब विदेशी लगानी हुनुअघि गरिने सम्भाव्यता अध्ययन र पूर्व सञ्चालन खर्च ९चुक्ता पुँजीको ३ प्रतिशतसम्म० का लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्ने छैन। साथै, सूचना प्रविधि सम्बन्धी उद्योगहरूले आफ्नो निर्यात आम्दानीको आधारमा १० लाख डलरसम्म विदेशमा लगानी गर्न सटही सुविधा पाउने विशेष व्यवस्था समेत गरिएको छ।
विदेशी मुद्रा भित्र्याउने र बाहिर लैजाने प्रक्रियामा रहेका कानुनी जटिलता हटाएर आर्थिक क्रियाकलापलाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको राष्ट्र बैंकले जनाएको छ। यो व्यवस्थासँगै साना तथा मध्यम स्तरका लगानीकर्ताहरूलाई विदेशमा आफ्नो व्यवसाय वा लगानी विस्तार गर्न कानुनी बाटो खुलेको छ।