Aama Ghar

नेपालको लिपुलेक नाकाबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

Nepal UK

Nepal UK

Sat, 30 August 2025
नेपालको लिपुलेक नाकाबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको लिपुलेक नाकाबारे चीनसँग कुरा उठाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गरेलगत्तै सामाजिक सञ्जालमार्फत मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले भारत र चीनबीच नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण भएको उल्लेख गर्दै यस विषयमा चिनियाँ पक्षसँग कुरा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।

मेयर शाहले लेखेका छन्, 'चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट, हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।'

उनले प्रधानमन्त्री ओलीले यस विषयमा कुरा उठाउनेमा आफूलाई पूर्ण विश्वास रहेको पनि उल्लेख गरेका छन् ।