Aama Ghar

नेपाली दूतावासले  १७ जनवरीमा अल्डरसटमा घुम्ती शिविर सञ्चालन गर्ने

Nepal UK

Nepal UK

Sat, 20 December 2025
नेपाली दूतावासले  १७ जनवरीमा अल्डरसटमा घुम्ती शिविर सञ्चालन गर्ने

लन्डन ।  बेलायतस्थित नेपाली दूतावासले भूतपूर्व गोर्खा सैनिक परिवार लगायत  नेपाली नागरिकलाई लक्षित गर्दै अल्डरसटमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

दूतावासका अनुसार अल्डरसट, फार्नेबोरो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने विशेषगरी वृद्ध तथा अशक्त नेपाली नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो । शिविरमार्फत राहदानी नवीकरण, कन्सुलर सेवा तथा अन्य आवश्यक सेवाहरू प्रदान गरिनेछ।

घुम्ती शिविर शनिबार १७ जनवरी २०२६ का दिन सञ्चालन हुनेछ। शिविरको समय बिहान १० देखि दिउँसो ५ बजेसम्म तोकिएको छ। शिविर शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर, क्विन्स रोड. अल्डरसटमा आयोजना हुनेछ।

राजदूतावासले सम्बन्धित सबै नेपाली नागरिकहरूलाई उक्त शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। घुम्ती शिविरबाट राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, पर्यटक भिसा, एकतर्फी यात्रा अनुमतिपत्र लगायतका सेवाहरु प्रदान गरिने छ।  यसै गरी एनआरएन आइडी कार्डका लागि  निवेदन दिन पनि सकिनेछ। यो लिंकमा गएर  थप जानकारी लिन पनि दूतावासले अनुरोध गरेको छ  :

https://uk.nepalembassy.gov.np/content/67/important-information-about-the-passport-and-consular/