नेपाल सरकारले ल्यायो 'श्रम संसार' एप

NU

NU

Fri, 27 June 2025

काठमाडौँ - श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी  नेपाल सरकारले तयार गरेको  ‘श्रम संसार एप’ बिहीबारदेखि सञ्चालनमा आएको छ ।

संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको एपमा गएर आफ्नो विवरण दर्ता गराउन सकिन्छ।

"यसबाट संसारभरि कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरु रहनुभएको छ भन्ने जानकारी प्राप्त गर्न सहज हुनेछ । यसबाट उहाँहरुलाई आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न पनि सहज हुनेछ," परराष्ट्र मंत्री आरजु राणा देउवाले भनिन् ।  

परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूतावासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ।

उक्त प्ल्याटफर्मले काम खोजी रहेका नेपाली युवाहरुलाई श्रम अधिकार, रोजगार नीति र व्यवसायिक सेवाहरुका साथै
रोजगारीका अवसरहरु बारे पनि जानकारी दिने श्रम मन्त्रालयले जनाएको छ।

थप विवरणका लागि यो लिंकमा जानु होला:


https://shramsansar.gov.np/contact-us/create-grievance?fbclid=IwY2xjawLKpshleHRuA2FlbQIxMAABHi73lll6x3z85Qio2u7EjUgqtjeV2L8NN6f7oWNchf8EtQNCguCBwHfL-D50_aem_xEyVeti86axPYQYrDvkTcw