Aama Ghar

नेपाल ‘ए’ टोली भारत भ्रमणमा, गुवाहटीमा ५ खेलको टी–२० सिरिज खेल्ने

Nepal UK

Nepal UK

Sun, 24 August 2025
नेपाल ‘ए’ टोली भारत भ्रमणमा, गुवाहटीमा ५ खेलको टी–२० सिरिज खेल्ने

Picture: Courtesy of CAN

काठमाडौँ - नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले भारतको गुवाहटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म सिरिज खेल्न लागेको हो । भारतको आसाम प्रदेशसँग सिरिज खेल्ने तय भएको क्यानले जनाएको छ ।

क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपालको मुख्य टोली भने अहिले टप एन्ड टी–२० सिरिजका लागि अष्ट्रेलियामा छ । नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको छ । 

भारत भ्रणका लागि क्यानले घोषणा गरेको खेलाडीहरुमा कप्तान साहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री हुनुहुन्छ ।