Aama Ghar

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पूर्व ट्राफिक प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

Nepal UK

Nepal UK

Fri, 26 December 2025
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पूर्व ट्राफिक प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा दरबन्दी भई कलंकीमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरी व्यक्तिगत फाइदा लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। आयोगका अनुसार भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीको अनुसन्धानपछि कसूर पुष्टि भएको हो।

अनुसन्धानका क्रममा चक्रदेव भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड दिल्ली, भारतबाट जारी भएको देखिने
नामस् चक्र देब भट्ट, रोल नं.६६००५७, वर्षः १९९१  उल्लेख भएको वरिष्ठ विद्यालय प्रमाणपत्र परीक्षा, १९९१ को मार्क्स स्टेटमेन्ट र प्रोभिजनल सर्टिफिकेटलगायतका शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी  प्रहरी जवान पदमा नियुक्ति लिएको पाइएको छ। त्यसपछि प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई हाल नेपाल सरकारबाट निवृत्तभरणसहितका लाभ तथा सुविधा लिएको तथ्य खुलेको विज्ञप्तिमा जनाइएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिम भ्रष्टाचारजन्य कसूर ठहर भएको भन्दै साबिक ऐनको दफा १२ र दफा २९९२० तथा हालको ऐनको दफा १६९१० अनुसार कैद र जरिवाना सजाय मागदाबी गरिएको छ।