Aama Ghar

नक्कली कन्सुलर स्ट्याम्प प्रयोग गरी प्रमाणपत्र प्रमाणीकरण गर्ने दुई पक्राउ

Nepal UK

Nepal UK

Fri, 02 January 2026
नक्कली कन्सुलर स्ट्याम्प प्रयोग गरी प्रमाणपत्र प्रमाणीकरण गर्ने दुई पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका– ६ बस्ने बुढीगंगा नगरपालिका–५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका–९ स्थित फोटो स्टुडियो संचालन गरी बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका–८ घर भएका २७ वर्षीय सन्तोष पौडेलल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूविरूद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेकाे छ।