Aama Ghar

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक

Nepal UK

Nepal UK

Mon, 01 December 2025
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दर  ४.२५ प्रतिशत कायम गरेकेा छ।

त्यस्तै, करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएकाे छ।

यस्तै, केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने पनि बताएको छ। राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान छ।