Aama Ghar

४ महिनामा भित्रियो झन्डै ७ खर्ब रेमिट्यान्स

Nepal UK

Nepal UK

Mon, 15 December 2025
४ महिनामा भित्रियो झन्डै ७ खर्ब रेमिट्यान्स

काठमाडौं – चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मसान्तसम्म देशमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याकअनुसार चार महिनामा विप्रेषण आप्रवाह ३१।४ प्रतिशतले वृद्धि भई ६८७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो। २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह १३३ अर्ब ८२ करोड रूपैयाँ रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह ११४ अर्ब ३१ करोड रूपैयाँ रहेको थियो।

चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८ सय ३७ रहेको छ। गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो।