Aama Ghar

मोबाइल प्रयोग र सीटबेल्ट नलगाई सवारी चलाउँदा फार्नहमका चालकलाई ६ महिना प्रतिबन्ध

Nepal UK

Nepal UK

Tue, 23 December 2025
मोबाइल प्रयोग र सीटबेल्ट नलगाई सवारी चलाउँदा फार्नहमका चालकलाई ६ महिना प्रतिबन्ध

बेलायत । सवारी चलाउँदै गर्दा मोबाइल फोन प्रयोग गर्नुका साथै सीटबेल्ट नलगाएको अभियोगमा फार्नहमका एक चालकलाई अदालतले ६ महिनाको ड्राइभिङ प्रतिबन्ध लगाएको छ।
अदालतका अनुसार उक्त चालकलाई वेस्ट स्ट्रिट, फर्नहम क्षेत्रमा सवारी चलाउँदै गर्दा मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। सो क्रममा उनले सीटबेल्टसमेत नलगाएको पाइएको थियो।
मोबाइल फोन प्रयोगसम्बन्धी अभियोगमा ६ पेनाल्टी पोइन्ट थपिएपछि चालकको लाइसेन्समा निर्धारित सीमाभन्दा बढी पोइन्ट पुगेको कारण अदालतले ६ महिनाको प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यसका साथै उनलाई जरिवाना, अदालत खर्च तथा अतिरिक्त शुल्कसमेत तिर्न आदेश दिइएको छ।
बेलायतमा सवारी चलाउँदा हातमा मोबाइल फोन प्रयोग गर्नु र सीटबेल्ट नलगाउनु दुवै गम्भीर ट्राफिक अपराध मानिन्छ। यस्ता अपराधले चालकको सुरक्षामात्र होइन, अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पार्ने भन्दै प्रहरीले नियम कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ।