Nepal UK
लन्डन - लन्डनमा बसोबास गर्ने एक नेपाली युवा ठगीको घटनामा परेका छन्।
जागिर खोजिदिन्छु भन्दै बिपिपि कलेज पढ्दै गरेका आफ्नो नाम सद्दाम हुसेन बताउने एक व्यक्तिले २०० पौण्ड लिएको र त्यसपछि सम्पर्क नै नगरेको पीडितकाे भनाइ छ ।
पीडितले ती व्यक्तिलाई कलेजमै भेटाएका थिए । काम खाेजिदिने पक्कापक्की भएपछि पीडितले उनको खातामा रकम हालिदिएका थिए ।
`रकम बुझाएपछि न त जागिरको प्रक्रिया अघि बढ्यो न त “एजेन्ट” भनिने व्यक्तिले सन्देशमै जवाफ दिए।´ पीडितले भने ।
अहिले पीडितले यस्ता “फेसबुक प्रोफाइलमार्फत हुने ठगी” प्रति सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन ।
युकेमा काम पाउन गार्हाे भएपछि धेरै युवाहरु यतिबेला काम खाेजिदिने एजेन्टकाे कुरामा विश्वास गर्न थालेका छन् । तर कसैले पनि काम लगाइ दिन्छु भन्दै पैसा मागेमा नदिन र आफु ठगिएको थाहा पाउना साथ प्रहरीलाई खबर गर्न नेपाली समाजका अगुवाहरुले सुझाव दिएका छन्।