Aama Ghar

२६ लाख रुपैयाँ ठगीको आरोपमा युरो एसिया कन्सल्टेन्सीका डाँगी पक्राउ

Nepal UK

Nepal UK

Wed, 24 December 2025
२६ लाख रुपैयाँ ठगीको आरोपमा युरो एसिया कन्सल्टेन्सीका डाँगी पक्राउ

काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रालिका सञ्चालक पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३५ वर्षीय सूर्यबहादुर डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। उनी उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका हुन्।

प्रहरीका अनुसार, सूर्यबहादुरले अध्ययनका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत लगायतका देशमा पठाउने बहानामा कलेज फी, इन्सुरेन्स पोलिसी लगायतका रकम भुक्तानी डलर कार्डमार्फत छिटो र सहज हुने भनी आफ्नो कम्पनीको नाममा रहेको बैंक खातामा जम्मा गर्न लगाइ पीडितबाट २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको आरोप छ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खटाएको टोलीले उनलाई लैनचौरबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।