Aama Ghar

२४ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका ५० थान मोबाइल बरामद

Nepal UK

Nepal UK

Tue, 20 January 2026
२४ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका ५० थान मोबाइल बरामद

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका नागढुङ्गास्थित चेक प्वाइन्टबाट २४ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका ५० थान मोबाइल बरामद भएकाे छ।

रूपन्देहीको छपियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ७०१५ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बरामद गरिएको हो। 

उक्त बसको सामान राख्ने र्‍याकमा लुकाई छिपाई गरी ल्याएको बिल बीजक बिनाका विभिन्न कम्पनीका ५० थान मोबाइलहरू बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।