Aama Ghar

लगातार ६ दिन घटेको नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ३ अर्ब ७५ करोड

Nepal UK

Nepal UK

Tue, 09 December 2025
लगातार ६ दिन घटेको नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ३ अर्ब ७५ करोड

काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७.३९ अकंले बढेर २६ सय १४ दशमलव ९ को बिन्दुमा कायम भएको छ। आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेसँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।