Aama Ghar

खैरो हेरोइन र १२ लाख ८१ हजार नगदसहित एक जना प्रहरीको फन्दामा

Nepal UK

Nepal UK

Tue, 20 January 2026
खैरो हेरोइन र १२ लाख ८१ हजार नगदसहित एक जना प्रहरीको फन्दामा

काठमाडौं – खैरो हेरोइन र १२ लाख ८१ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्नेमा मकवानपुरका  सुरोज नगरकोटी रहेका छन्। काठमाडौंको कालिमाटीस्थित टंकेश्वरमा केही व्यक्तिहरूले लागु औषध बिक्री वितरण तथा ओसार पसार गर्ने कार्य गरी रहेका छन् भन्ने खबर पश्चात् तत्काल वृत कालिमाटीबाट सादा पोशाकको टोली खटिएको थियो। 

नगरकोटीको डेरा कोठामा खानतलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल, नगद १२ लाख ८१ हजार,लागु औषध राख्न प्रयोग गरेको स्टिलको बट्टा थान ४ र मोबाइल थान १ फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै, सो मोबाइल चेकजाँच गर्दा लागु औषध कारोबार सम्बन्धी विभिन्न व्यक्तिहरूसँग कुराकानी गरेको म्यासेज समेत देखिएको हुँदा उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि वृत्त कालिमाटीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।