Aama Ghar

काठमाडौंका सामुदायिक विद्यालयमा एसईई नतिजा उत्साहजनक, उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले बढ्यो

Mon, 30 June 2025
काठमाडौंका सामुदायिक विद्यालयमा एसईई नतिजा उत्साहजनक, उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरूको नतिजा उल्लेखनीय रहेको छ । विशेष गरी ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा ४४.७७ प्रतिशतले वृद्धि भएको हो ।

शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले उच्च श्रेणीमा सफलता प्राप्त गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र विद्यार्थीको शैक्षिक क्षमतामा वृद्धि ल्याउने अभियानस्वरूप विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।