Aama Ghar

कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

Nepal UK

Nepal UK

Mon, 08 December 2025
कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली – गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन्। 

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका–५ वडा कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको  छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजार बस्ने २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका–८ घर भई हाल कमलामाई–६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई–५ का ४७ वर्षीय फौद थापा मगर, तीनपाटन गाउँपालिका–४ घर भई हाल कमलामाई–६ स्थित गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम रहेका छन्।

यस्तै,सर्लाहीको रामनगर गाउँपालिका–६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई–५ का २७ वर्षीय रबन चौधरी, कमलामाई–१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई–४ का २४ वर्षीय सविन लामा, कमलामाई–१२ का २३ वर्षीय डोरबहादुर सार्की, महोत्तरीको गौशाला नगरपालिका–२ घर भई हाल सिन्धुलीको कमलामाई–५ मा बस्ने राजु महरा, सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई–८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई–८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका–१४ घर भई हाल कमलामाई–६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि  पक्राउ गरेको छ ।